५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बाणगंगा ७ को वडाध्यक्षमा एमालेले पुन बिष्णु गिरीलाई उम्मेद्वार बनायो



वाणगंगा, कपिलवस्तु ।

नेकपा एमाले ले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं। ७ मा एमालेको तर्फबाट बिष्णु गिरीलाई नै पुनः वडाध्यक्षको उम्मेद्वार बनाईएको छ । गत स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित गिरी यस पटक पनि चुनावी मैदानमा उत्रदै हुनुहुन्छ ।

नेकपा एमालेका बाणगंगा नगरकमिटि सचिव समेत रहनुभएका गिरी लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ ।

गत स्थानीय निर्वाचन पश्चात लगातार ५ बर्षमै विकास निर्माणको काममा नगरमै उत्कृष्ट वडा बनाउन सफल वडाध्यक्ष गिरीले यसपालि पनि जित्ने वडावासीले बताएका छन् । युवा, पर्खर वक्ताको रुपमा परिचित गिरी अरुले भन्दा नयाँ खालका कार्य गर्दै उत्कृष्ट वडाध्यक्षको रुपमा चिनिनुहुन्छ । सोहि कारण यसपालि पनि पार्टीले पनि वडाध्यक्षको टिकट दिएको बताउदै गिरीले पार्टीका अग्रज नेता लगायत सम्पुर्णमा आभार व्यक्त गर्नुभएको छ ।

उहाँले अघिल्लो कार्यकालमा पुरा गर्न नसकेका काम पुरा गर्ने र वडालाई समृद्ध बनाउनका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो । उहाँले पार्टीको चिन्ह लिएर निर्वाचनमा होमिए पनि निर्वाचित भए पछि सबैको साझा व्यक्तिको रुपमा काम गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ११ बैशाख २०७९ आइतबार ००:००  ५ : ५० बजे