५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

मालारानीमा अध्यक्षले दिए स्वतन्त्र उम्मेदवारी, एमालेले टिकट दिएन्



बुटवल ।
अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा बालकृष्ण आचार्यले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।

उनले गाउँपालिकाको अध्यक्ष पदबाट आजै राजीनामा दिएर पुनः दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। पार्टीमा सरसल्लाह नगरी दलबहादुर भट्टराईलाई गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी बनाउने सहमति भए पछि आफूले बाध्य भएर अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुपरेको आचार्यले बताए।

पार्टीबाट जस्तोसुकै दबाब आए पनि आफ्नो उम्मेदवारी फिर्ता नहुने भन्दै उनले भने, ‘तीन दिन अघिसम्म उम्मेदवार बन्दैन भनेर सुतेको मानिसलाई पार्टीले जबर्जस्ती पालिकाको अध्यक्षमा सिफारिस गरेपछि आफूले बाध्य भएर पुनः उम्मेदवारी दिनुपरेको हो।’

प्रकाशित मिति : ११ बैशाख २०७९ आइतबार ००:००  १० : ४१ बजे