२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

बुटवल उपमहानगरको मेयरका लागि गठबन्धनको तर्फबाट पाण्डेको उम्मेद्वारी



बुटवल ।

बुटवल उपमहानगरपालिकामा गठबन्धन दलको तर्फबाट नेपाली काँग्रेसका खेलराज पाण्डेले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन्। काँग्रेस नगर सभापति समेत रहेका उनले बुटवल उपमहानगरको निर्वाचन कार्यालयमा गएर सोमबार उम्मेदवारी दर्ता गएका हुन् ।

पाँच दलीय गठबन्धन गरे पनि काँग्रेसका उमेद्वारहरु भने एकल रुपमै उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । गठबन्धनमा उपमेयर उम्मेदवारको टिकट पाएका नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङ भन्दा अघि नै पुगेर पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् । शक्ति प्रदर्शनसहित बुटवल बजारको बीचबाट निर्वानचन कार्यालय आएको टोलीमा गठबन्धन दलका कुनै पनि नेता कार्यकर्ता देखिएनन् ।

यसअघि नै गठबन्धन दलको जनता समाजवादी पार्टी जसपाले आइतबार मेयर र उपमेयर दुबै पदमा उम्मेदवारी दर्ता गराएको अवस्थामा गठबन्धनमा रहेका अन्य दलहरु समेत एकसाथ नआउनुले अर्को प्रश्न जन्माएको छ ।

पद बाँडफाँडको विषयमा गठबन्धन दलहरु भित्रै विभिन्न वडाहरुमा विवाद रहेको अवस्थामा सोमबारको यो दृश्यले गठबन्धनको संरचना कमजोर हुने देखिएको छ । काँग्रेसका तर्फबाट विभिन्न वडामा उम्मेदवारी दिनेहरुको समेत शक्ति प्रदर्शनसहित उपस्थिती रहेको थियो ।

उम्मेदवारी दर्ता गराउनु पूर्व सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पाण्डेले बुटवल सडक तथा पूर्वाधार बिकास आफ्नो प्राथमिकतामा रहने उल्लेख गरे ।

प्रकाशित मिति : १२ बैशाख २०७९ सोमबार ००:००  १ : ३३ बजे