५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

चितवनमा चुनावी गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरियो



चितवन ।
चितवनमा चुनावी सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरिएको छ । वैशाख ३० गते हुन लागेको पालिका चुनावमा गठबन्धनको मर्म विपरीत उपेक्षा गरिएको भन्दै चुनावी गठबन्धनबाट बाहिरिएको जनाएको छ ।

राष्ट्रिय जनमोर्चाले चितवनका सबै पालिका तथा वडा तहमा आफ्ना उम्मेदवार उठाउने तयारी गरेको जिल्ला अध्यक्ष डम्बर पुरीले जानकारी दिनुभयो । गठबन्धनबीच मिलेर जाने भन्ने भए पनि गठबन्धनको मर्म विपरीत आफूहरुलाई उपेक्षा गरिएको पुरीले जानकारी दिनुभयो ।

राष्ट्रिय जनमोर्चाले ९८ वडामध्ये एक वडामा वडाध्यक्ष पाउनुपर्ने माग गरेको थियो । तर, नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र नेकपा एकीकृत समाजवादी०ले मात्र वडा बाँडफाँट गरेका छन् । चितवनमा कांग्रेस ५८, माओवादी २६ र समाजवादीलाई १३ वडा राख्ने गरी भागबन्डा गरेका थिए । वडाध्यक्षमा राजमो र जसपालाई उनीहरुले समावेश गरेका छैनन् ।

सङ्घीयता विरुद्ध सशक्त आवाज उठाउँदै सबै पालिकामा एकल रुपमा उम्मेदवारी दिनेगरी अगाडि बढेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १२ बैशाख २०७९ सोमबार ००:००  ३ : १० बजे