२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

स्थानीय तहको जनप्रतिनिधि बन्न १ लाख ४ हजारको आवेदन



काठमाडौं ।
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि १ लाख ४ हजार १ सय २३ जनाले मनोनयन दर्ता गरेका छन् ।

३५ हजार २२१ जना जनप्रतिनिधिको लागि एक लाख भन्दा धेरैको आवेदन परेको निर्वाचन आयोगले जनाएको छ । जनप्रतिनिधिमा मनोनयन दिएका मध्य २४ हजार १ सय २३ जनाले मनोनयन दर्ता गराएका छन् ।

देशभरका निर्वाचन कार्यालयबाट आइतबार र सोमबार गरेको मनोनयन दर्ताको संख्या सोमबार राति ११ बजेसम्मको संख्या आयोगले अद्यावधिक गरेको हो । मनोनयन दर्ताको समय सकिएपनि रुजु गर्ने काम भइरहेकाले उम्मेदवार संख्या अझै थपिने आयोगले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९ मंगलबार ००:००  ६ : ३७ बजे