३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

मनोनयन अपडेट : १ लाख ४१ हजार ४६८ जना उम्मेदवारको मनोनयन दर्ता



काठमाण्डौ ।

स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा १ लाख ४१ हजार ४६८ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले मंगलबार बिहान अद्यावधिक गरेको तथ्यांकअनुसार प्रमुख पदमा ३ हजार ३१८ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुख पदमा २ हजार ३६ जनाको उम्मेदवारी परेको छ ।

यस्तै अध्यक्ष पदमा ३ हजार ३०६ जनाले मनोनयन दर्ता गराएका छन् भने उपाध्यक्ष पदमा २ हजार ३४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यता, वडा अध्यक्ष पदमा मात्र ३३ हजार १११ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा २४ हजार २८३, दलित सदस्यमा २१ हजार ९७९ र सदस्य पदमा सर्वाधिक ५१ हजार ९२ जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९ मंगलबार ००:००  १२ : २५ बजे