२९ बैशाख २०८१, शनिबार | Sun May 12 2024

दाङका १० स्थानीय तहमध्ये ५ तहमा माओवादीको एकल उम्मेदवारी



दाङ ।

नेकपा माओवादी केन्द्रले दाङका १० स्थानीय तहमध्ये ५ स्थानीय तहमा एकल उम्मेदवारी दिएको छ । घोराही उपमहानगरपालिकामा नेपाली काँग्रेस र माओवादीको तालमेल छ। मेयरमा माओवादीका हेमराज शर्मा र उपमेयरमा काँग्रेसका भुपबहादुर डाँगीले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै तुलसीपुर उपमहानगरमा काँग्रेस र नेकपा एकीकृत समाजवादीले तालमेल गरेका छन्। काँग्रेसबाट मेयरमा गेहेन्द्र गिरी र उपमेयरमा एकीकृत समाजवादीका जगबहादुर रानाले उम्मेदवारी दिएका छन्। यस्तै गढवा गाउँपालिकामा माओवादी र एकीकृत समाजवादीवीच तालमेल छ। माओवादीबाट अध्यक्षमा यामप्रसाद शर्मा र एकीकृत समाजवादीबाट उपाध्यक्षमा शान्ति चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै बंगलाचुली गाउँपालिकामा कांग्रेस माओवादीको तालमेल छ। माओवादीबाट अध्यक्षमा तुलसीराम पुन र उपाध्यक्षमा काँग्रेसका भक्तबहादुर जिसीले उम्मेदवारी दिएका छन्। राप्ती गाउँपालिकामा माओवादी र राष्ट्रिय जनमोर्चावीच तालमेल भएको छ। माओवादीबाट अध्यक्षमा प्रकाश विष्ट र जनमोर्चाबाट केशवराज खनालले उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति : १३ बैशाख २०७९ मंगलबार ००:००  १२ : ३४ बजे