३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

रुपन्देहीका ८ स्थानीय तहका जनप्रतिनिधि पुन : उम्मेदवार



बुटवल।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रुपन्देहीका १६ पालिकामध्ये १२ वटा पालिकामा प्रमुखरउपप्रमुखसहित १९ जना जनप्रतिनिधि दोहोरिएर उम्मेदवार बनेका छन् । जसमा ८ स्थानीय तहका मेयररउपमेयर तथा अध्यक्षरउपाध्यक्ष दुवैजना उम्मेदवार बनेका छन् ।

सैनामैना नगरप्रमुख र उपप्रमुखमा एमालेबाट चित्रबहादुर कार्की र बिना राना पुनस् उम्मेदवार बनेका छन् । यस्तै देवदह नगरप्रमुखमा कांग्रेसका हिरा खत्री र उपमेयरमा एमालेकी विद्यालक्ष्मी गुरुङ उम्मेदवार बनेका छन् ।

यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा मनमोहन चौधरी र उपमेयरमा जानकीदेवी श्रीवास्तव फेरि उम्मेदवार बनेका छन् । ०७४ सालको चुनावमा स्वतन्त्रबाट जितेका चौधरी अहिले लोकतान्त्रिक समाजवादी पार्टी लोसपा प्रवेश गरेर उम्मेदवार बनेका हुन् । यस्तै उपमेयरकी उम्मेदवार श्रीवास्तव जसपाबाट जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बनेकी हुन् ।

यस्तै तिलोत्तमा नगरपालिकाको उपप्रमुखमा एमालेले जागेश्वरी चौधरीलाई पुनः उम्मेदवार बनाएको छ । शुद्धोधन गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेले किशुनचन्द्र चौधरी र शान्ता ज्ञवालीलाई नै पुनस् उम्मेदवार बनाएको छ ।

यस्तै मर्चवारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा केशवानन्द बानियाँ र सुनिता कलवार नै उम्मेदवारमा दोहोरिएका छन् । अघिल्लो चुनावमा जसपाबाट जितेका उनीहरु लोकतान्त्रिक समाजवादी पार्टी प्रवेश गरेर उम्मेदवारी दिएका हुन् ।

कोटहीमाई गाउँपालिका अध्यक्षमा जसपाका चन्द्रभूषण यादव उम्मेदवार बनेका छन् । यस्तै सम्मरीमाई गाउँपालिकाका अध्यक्षमा जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ माओवादी केन्द्रबाट पुनस् उम्मेदवार बनेका छन् ।

अघिल्लो चुनावमा उनी फोरम लोकतान्त्रिकबाट निर्वाचित भएका थिए । रोहिणी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा सनोज यादव र शिवकान्ति हरिजन उम्मेदवार भएका छन् । अघिललो चुनावमा जसपाबाट निर्वाचित यादव दुई महिना अघि एमाले प्रवेश गरेर टिकट पाएका थिए । शिवकान्ति भने राप्रपाकी उम्मेदवार हुन् ।

मायादेवी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा ध्रुवनारायण चौधरी, तारादेवी यादव उम्मेदवार भएका छन् । दुवैजना कांग्रेसका उम्मेदवार हुन् । सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा अयोध्या थारु र अमृता गुरुङ उम्मेदवार भएका छन् । दुवैजना एमाले उम्मेदवार हुन् ।

गैडहवामा बच्चुलाल केवट अध्यक्षमा उम्मेदवार भएका छन् । उनी जसपाका उम्मेदवार हुन् । रुपन्देहीका बुटवल उपमहानगरपालिका र सिद्धार्थनगरपालिकाका प्रमुख,उपप्रमुख तथा कन्चन र ओमसतिया गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष भने दोहोरिएर उम्मेदवार बनेका छैनन् । यद्यपि उनीहरु सबै दोहोरिन चाहेका थिए ।

राजनीतिक विश्लेषक मनिकर कार्की पुरानालाई दोहोर्‍याउनु भन्दा नयाँ उम्मेदवारलाई स्थान दिँदा राम्रो हुने बताउँछन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९ मंगलबार ००:००  २ : ३८ बजे