६ असार २०८३, शनिबार | Sat Jun 20 2026

दाइजो नदिएको भन्दै निर्घात कुटपिट



काठमाडौं ।

सप्तरी जिल्ला अदालतले घरेलु हिंसा मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश दिएपछि घरमा बास पाएकी महिलामाथि निर्घात कुटपिट भएको छ। आफन्तबाटै कुटिएर गम्भीर घाइते भएकी जिल्लाको रूपनी गाउँपालिका(६ की ३० वर्षीया लक्ष्मीनियाँ कुमारी भगत उपचारका लागि अस्पताल भर्ना भएपछि घटना बाहिरिएको हो।

उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकी लक्ष्मीनियाँको घाँटी, ढाड, पाखुरा, टाउकोलगायतका शरीरका विभिन्न भागमा चोट लागेको छ। आइतबार राति साढे ७ बजेतिरको घटना हो, तलाईं मारिदिन्छु भन्दै ससुरा शिवदयाल भगत, पति सञ्जीवकुमार भगत, सासू सीता देवी, जेठानी अञ्जु, नन्द रुजु, गाउँकै नाता पर्ने विणाले अन्धाधुन्ध कुटपिट गरेपछि म अचेत भएँ, उनले भनिन्न ।

प्रकाशित मिति : १४ बैशाख २०७९ बुधबार ००:००  ८ : १२ बजे