४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घट्यो



काठमाडौँ ।

सुनको भाउ बुधबार प्रतितोलामा तीन सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको ९९ तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैंयाले घटेको छ । मंगलबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ४० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९ बुधबार ००:००  १२ : २० बजे