४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

रिलिजको १३ औं दिनसम्म ‘केजीएफ च्याप्टर २ ले कति कमायो ?



काठमाडौं ।

कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’ले प्रदर्शनको १३ औं दिनमा ९०० करोड भारुको आँकडा पार गरेको छ । फिल्मले चाँडै नै एक हजार करोडको आँकडा छुँदैछ ।

यश स्टारर यो फिल्मले हिन्दी संस्करणमा मात्रै ३३६।१२ करोड भारु कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बक्स अफिस रिपोर्टअनुसार प्रशान्त नील निर्देशित फिल्मको कमाइ अब दैनिक १० करोडभन्दा तल आउन थालेको छ ।

‘केजीएफ(२’ले शनिबार १८।२५ र आइतबार २२।६८ करोडको व्यापार गरेको थियो । सोमबार र मंगलबार गरेर फिल्मले १५ करोडको व्यापार गरेको छ । १०० करोड भारुमा बनेको यो फिल्मले बक्स अफिसमा थुप्रै रेकर्ड बनाइरहेको छ ।

‘केजीएफ(२’ले रिलिजको तेस्रो हप्तामा शाहिद कपुर अभिनित ‘जर्सी’सँग प्रतिस्पर्धा गर्दैछ । अर्को साता अजय देवगण, अमिताभ बच्चन र रकुल प्रीत सिंह स्टारर ‘रनवे ३४’ र टाइगर श्राफ र तारा सुतारियाको ‘हिरोपन्ती २’सँग पनि प्रतिस्पर्धा गर्नुपर्ने छ ।

‘केजीएफ २’ मा यशका अलावा सञ्जय दत्त, रविना टण्डन, प्रकाश राज, श्रीनिधि सेट्टी लगायतको मुख्य भूमिका रहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९ बुधबार ००:००  १ : १६ बजे