४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

एमालेसँग भएका तालमेल खारेज गर्ने गठबन्धनको निर्णय



काठमाण्डौ ।

सत्ता गठबन्धनले स्थानीयस्तरमा एमालेसँग भएका चुनावी तालमेल खारेज गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले गठबन्धन बाहेकका दलसँग भएका तालमेल खारेज गर्ने निर्णय गरेको हो ।

यसअघि गठबन्धनमा भएको निर्णयविपरीत विभिन्न स्थानीय तहमा एमालेसँग काँग्रेस, माओवादीलगायतका पार्टीले तालमेल गरेको समाचार सार्वजनिक भएका थिए । गठबन्धनको बैठकपछि जारी विज्ञप्तीको सातौँ बुँदामा भनिएको छ, ‘गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अबिलम्ब खारेज गर्ने ।’

प्रकाशित मिति : १४ बैशाख २०७९ बुधबार ००:००  १ : ४० बजे