१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

भारतबाट नेपाल फर्किएका एक पुरुषमा कोरोना पोजेटिभ



सिद्धार्थनगर ।

भारतबाट नेपाल फर्किएका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । रुपन्देहीको बेलहिया नाकामा एन्टीजेन परिक्षण गर्दा काठमाडौंका २३ बर्षीय पुरुषमा पोजेटिभ देखिएको बेलहिया हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी शक्ति क्षेत्रीले गोरखापत्रलाई जानकारी दिनुभयो ।

पोजेटिभ केस चैत्र ५ देखि देखिएको थिएन, आज देखियो सर्तक हुन आवश्यक छ, उहाँले भन्नुभयो । झण्डै डेढ महिनापछि पोजेटिभ केश भेटिएको बेलहिया हेल्थ डेस्कले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९ शुक्रबार ००:००  १२ : २४ बजे