५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बर्दियामा ‘कुटपिट’ बाट एक जनाको मृत्यु



बर्दिया ।

बर्दियाको बढैयाताल गाउँपालिका–८, सेउलीबजारमा मदिरा सेवनपछि भएको झगडामा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार धकेलाधकेलका क्रममा ढुंगामा पछारिएर ४७ वर्षीय बलबहादुर कँडेलको मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएका उनलाई पहिले गुलरिया लगिएको थियो ।

त्यसपछि उनलाई नेपालगन्ज लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिएक । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले ४० वर्षीय मीनबहादुर घर्तीलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९ शुक्रबार ००:००  १ : ३८ बजे