५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

एमाले वाणगंगा निर्वाचन परिचालन कमिटिको वैठक सम्पन्न



मायादेवी अनलाइन, जितपुर ।

वैशाख ३० मा सम्पन्न हुने स्थानीय तहको निर्वाचन केन्द्रित गतिविधीलाई नेकपा एमाले वाणगंगाले तिव्र बनाएको छ । नेकपा एमाले वाणगंगाको पार्टी कार्यालय चारनम्बरमा आयोजित निर्वाचन परिचालन कमिटिको वैठकले विभिन्न योजना निर्माण गरेको हो ।

नेकपा एमाले वाणगंगा निर्वाचन परिचालन कमिटिका संयोजक विश्राम प्रसाद थारुले नगरका ११ वटै वडामा भए गरेका निर्वाचन गतिविधी, स्थानीय योजना र समस्याका बारेमा जानकारी लिनुभएको छ । वैठकमा जिम्मेवारी पाएका सवै वडाका निर्वाचन वडा इन्चार्जको रिपोटिङ्ग, चुनाव प्रचार प्रसार गतिविधी, जनसंगठन परिचालन, घरदैलो कार्यक्रम लगाएतका विषयमा छलफल भएको थियो ।

वैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बलाराम अधिकारीले नेकपा एमालेलाई जिताउन सवै अन्तर विरोधहरुलाई थाती राखेर एमालेलाई जिताउन एकजुट हुनुपर्ने बताउनुभयो । वैठकमा नगर इन्चार्ज शंकर पाण्डेले एमालेको राष्ट्रको समृद्धि र विकासको आंकाक्षालाई पुरा गर्ने जिम्मेवारीका लागि नेकपा एमालेलाई जिताउनु पर्नेमा जोड दिनुभयो । इन्चार्ज पाण्डेले नेकपा एमाले सवै जातजाती, भाषा, धर्म, सँस्कृति संरक्षण गर्ने पार्टी भएको बताउदै सामाजिक सुरक्षा कार्यक्रम, बृद्ध भत्ता, बालपोषण भत्ता, स्वास्थ्य उपचार जस्ता कार्य गरेर लोकप्रिय पार्टी बनेको बताउनुभयो ।

वैठकमा जिल्ला कमिटि सचिवालय सदस्य भेषराज पाण्डे, देवी पोखरेल, जिल्ला कमिटि सदस्य फुलकुमारी श्रेष्ठ, उमानाथ पौडेल, जिल्ला सल्लाहकार घनश्याम घिमिरे, तिलोचन घिमिरे लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७९ शुक्रबार ००:००  ६ : ३४ बजे