४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

कपिलवस्तु सहित लुम्बिनीका १२ जिल्लामा आज मतपत्र आउँदै



काठमाडौं ।

स्थानीय तह सदस्य निर्वाचनका लागि ४९ जिल्लामा ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगका अनुसार कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीका पोखरा महानगरबाहेक सबै स्थान, बागमतीका ५ जिल्लामा मतपत्र पुगिसकेको छ ।

आज लुम्बिनी प्रदेशका कपिलवस्तु सहित १२ जिल्लामा मतपत्र पठाइने आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लामा मतपत्र पुगिसकेको छ भने अन्य जिल्लाहरुमा पुग्ने क्रम जारी रहेको छ ।

मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगले १३ वैशाखबाट मतपत्र ढुवानी सुरु गरेको थियो । हालसम्म ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९ आइतबार ००:००  ८ : २७ बजे