३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

बाणगंगा १ मा एमालेको मतदाता भेटघाट कार्यक्रम तिब्र



मायादेवी अनलाइन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. १ मा एमालेले प्रचार प्रसार तथा घरदैलो अभियानलाई तिब्रता दिएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै चुनाव प्रचार प्रसार कार्यक्रम तथा घरदैलो अभियानलाई पार्टीले तिब्रता दिएको हो ।

एमालेको तर्फबाट वडा नं. १ का वडाध्यक्षका उम्मेद्वार अमित पौडेल, महिला वडा सदस्य पदका उम्मेद्वार लक्ष्मी थारु, दलित महिला सदस्य पदका उम्मेद्वार पार्वती दर्जी, वडा सदस्य पदका उम्मेद्वार गंगा कुमारी भट्राई र राजेन्द्र बहादुर बोहरा लगायतको टिमले चार नम्बर जितपुर टोल क्षेत्रमा मतदातासंग भेटघाट गरि घरदैलो कार्यक्रम गरेको छ ।

घरदैलो कार्यक्रममा प्रदेश कमिटि सदस्य अर्जुन पोख्रेल, एमाले बाणगंगा नगर कमिटि ईन्चार्ज शंकर पाण्डे, जिल्ला कमिटि सदस्य उमानाथ पौडेल, जिल्ला कमिटि सल्लाहकार सदस्य घनश्याम घिमिरे, फुलकुमारी श्रेष्ठ, नगर कमिटि सचिवालय तथा सदस्य निर्वाचन परिचालन वडा कमिटिका संयोजक कृष्ण बहादुर विक, नगर कमिटि सदस्य खगेश्वर अधिकारी, नगर परिषद सदस्य त्रिलोचन घिमिरे, नगरकमिटि सदस्य राम प्रसाद गैरे लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । एक बिहानै हरेक घरघरमा गई समृद्ध वडा बनाउने प्रतिवद्धता व्यक्त गर्दै भोट हाल्न आह्वान गरिएको थियो । विभिन्न सामाजिक संघ संस्थाहरुको नेतृत्व गरेका र दशकौ देखि राजनितिमा होमिनुभएका युवा लोकप्रिय नेता अमित पौडेललाई वडाध्यक्ष पदको उम्मेद्वार बनाएसंगै वडावासी तथा युवावर्ग खुसी भएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९ आइतबार ००:००  ११ : १० बजे