२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

बाणगंगा ७ मा कांग्रेसको घरदैलो अभियान, मतदाताको प्रतिक्रियाले उम्मेद्वार उत्साहित



कपिलवस्तु ।

कपिलवस्तुको वाणगङगा नगरपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसको घरदैलो अभियान तिव्र छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई केन्द्रित गर्दै कांग्रेसले दैनिजसो मतदातासंग भेटघाट कार्यक्रम गरेको छ । आइतबार मोतिपुर, गन्सवा, भैपुरा लगायतको स्थानमा घरदैलो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा मतदाताले यस वर्ष आफुहरुलाई जिताउने बताएको वडा अध्यक्षका उमेद्वार कुमार खड्काले बताउनुभयो ।

खड्काले आफुले चुनाव जितेमा पहिलो प्राथामिकतामा कृषकका समस्या समाधान र छाडा चौपायाको व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । वडा अध्यक्ष जितेमा सरकारी तलब भत्ता वडा भित्रका अति बिपन्न वर्गका बालबालिकाहरुको शिक्षामा खर्च गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आउनुभएका उहाँले मोतिपुर पार्टी कार्यलयको उद्घाटन कार्यक्रममा जनताको साथ सपोटले पार्टीको जित अवस्य हुने दाबी गर्नुभयो ।
यस्तै नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति दुर्गा केसिले अरु पार्टीको व्यबहारबाट जनता आजित भएकोले नेपाली काङ्ग्रेसको यस पटकको जित सुनिश्चित भएको बताउनुभयो । यस्तै प्रदेश सदस्य रुकबहादुर भुसालले नगरले साच्चिकै नेपाली काङ्ग्रेस मागेकोले यस पटकको जित काङ्ग्रेसकै हुने दाबी गर्नुभयो ।
उहाँले वडामा युवा नेता खड्काको जित अवश्य हुने ठोकुवा समेत गर्नुभयो । यस्तैगरी वडा सभापति शेषकान्त बेल्बासेले वडामा तातेको पार्टी र घरदैलो कार्यक्रममा देखिएको जनलहरले काङ्ग्रेसको जित सुनिश्चित भएको दाबी गर्नुभयो । बाणगंगा ७ मा वडाध्यक्षका उम्मेदवार कुमार खड्का, महिला वडा सदस्य कृष्णा ज्ञवाली, दलित महिला वडा सदस्य सुशील नेपाली , खुला वडा सदस्यमा छेदा थारु र दल बहादुर गुरुङ्गले उम्मेद्बारी दिनुभएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९ मंगलबार ००:००  ९ : ४५ बजे