२९ बैशाख २०८१, शनिबार | Sun May 12 2024

अधुरा कामलाई पुरा गर्न पुनः उम्मेद्वारी- वडा अध्यक्षका उम्मेदवार अर्याल



मायादेवी अनलाइन, जितपुर ।

बाणगंगा नगरपालिकामा चार दलिय गठबन्धन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवदी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धनका साझा उम्मेद्धारहरुले जनताको घरघरमा गई चुनाव प्रचार प्रसार अभियानलाई तिब्रता दिएका छन्।
चारदलीय गठबन्धनले कपिलवस्तुको बाणगंगामा मेयर र उपमेयर सहित ११ वटै वडामा भागबण्डा गरी चुनावी मैदानमा छ । यस्तै वडा नंं ११ का वडा अध्यक्षका उम्मेदवार सोमनाथ अर्यालले योजनामा रहको अधुरा कामलाई पुरा गर्न आफु पुनः अध्यक्षमा उठेको बताउनु भयो । पार्टीले आफुलाइ पुनः वडा अध्यक्षका रुपमा अघि सरेकाले वडालाई समृद्ध बनाउदै सबै सगँ हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

यो भन्दा अगाडी वडा अध्यक्षमा रहदा आफुले गरेका राम्रा कामको जनताले मुल्याङकन गरेको बताउदै लामो समयसम्म समाजसेवा गरेका उम्मेद्वार भएकाले जित निश्चित हुने वडावासीले बताएका छन् । उमेदवारमा अर्याल सहित वडा सदस्य धुव चन्द्र थारु, गंगा राम मगर, महिला वडा सदस्य लक्ष्मी थारु,दलित महिला सदस्य तिलकुमारी परिवार सहित चुनाव प्रचार प्रसार तथा घरदैलो अभियानमा वडा न. ११ का पार्टी कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।
अहिले उम्मेदवार आफ्ना घोषणापत्र सहित जनताको घरदैलेमा पुगेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९ बुधबार ००:००  ६ : ०६ बजे