२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

बुटवलबाट प्रदेश राजधानी सार्नेलाई भोट नदिनू : बालकृष्ण खाँण



बुटवल ।

गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले बुटवलबाट लुम्बिनी प्रदेशको स्थायी राजधानी सार्नेहरुलाई भोट दिन नहुने बताएका छन् ।

जनआन्दोलनमा निभाएको क्रान्तिकारी भूमिकालाई हेरेर कांग्रेस नेतृत्वको सरकारले बुटवललाई अस्थायी राधानी तोकेको तर एमालेले राजधानी दाङ पुर्‍याएको मन्त्री खाँणले आरोप लगाए ।

पाँच दलले बुटवलमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘स्थायी राजधानी बनाउँछौ भनेर भोट मागेकाहरुले राजधानी कहाँ पुर्‍याए अब राजधानी सारेको ठीक हो भनेर भोट दिने कि गलत हो भनेर नदिने सोच्ने बेला भएको छ ।’

प्रकाशित मिति : २४ बैशाख २०७९ शनिबार ००:००  ५ : ०४ बजे