काठमाडौं ।
मकवानपुरमा एक जना सहायक निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ।
राजनीतिक दलको प्रचार गरेको आरोपमा सहायक निर्वाचन अधिकृत हटाइएको हो।
मकवानपुरस्थित मकवानपुरगढी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत रामकुमार पुडासैनीलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको छ।
उनीमाथि सामाजिक सञ्जालबाट दलको चुनावी प्रचार गरेको आरोप छ।
पुडासैनीलाई गत सोमबार सहायक मतदान अधिकृतको जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृत कार्यालय मकवानपुरले जानकारी दिएको छ।












प्रतिक्रिया