१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

जिम्बावे ‘ए’ सँगको एकदिवसीय शृङ्खला नेपालले जित्यो



काठमाण्डौ ।

जिम्बावे ए सँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट नेपालले जितेको छ । जिम्बावे ए ले दिएको दुई सय १४ रनको लक्ष्य नेपालले ३० ओभर १ बलमा चार विकेट गुमाएर भेटायो ।

नेपालका लागि कुशल भुर्तेलले ६१ बलमा ८४ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले नटआउट ६०, आशिफ शेखले २९ र विनोद भण्डारीले नटआउट २८ रन बनाए । बलिङतर्फ जिम्बावे ुएु का ब्रान्डन मभुताले तीन विकेट लिए ।
यसअघि त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बावे ए ३२ ओभर १ बलमा दुई सय १३ रनमा अलआउट भयो । उसका लागि तालिवोनाशे मरुमानीले ५०, कुदजाई मौनजीले ३९ र रोए कायाले ३६ रन बनाए । बलिङतर्फ नेपालका किशोर महतोले पाँच विकेट लिए । त्यस्तै सोमपाल कामीले दुई विकेट लिँदा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।
वर्षाका कारण मैदान चिसो भएका कारण आजको खेल ३३ ओभरमा झारिएको थियो ।
आजको जितसँगै नेपालले तीन खेलको एकदिवसीय शृङ्खला दुई–एकले जितेको छ । यसअघि तीन खेलको टी–२० शृङ्खलामा एक–एकको बराबरी भएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७९ सोमबार ००:००  ६ : २५ बजे