१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

आईपीएलमा कोलकाताले मुम्बईलाई ५२ रनले हरायो



एजेन्सी ।
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ५२ रनले हराएको छ ।

गएराति भएको खेलमा कोलकाताले दिएको दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा अलआउट हुँदै १ सय १३ रन मात्र बनाउन सक्यो ।

मुम्बईका इशान किशनले ५१ रनको अर्धशतकीय पारी खेले । कोलकाताका प्याट कमिन्सले ३ तथा आन्द्रे रसेलले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । कोलकाताका नितिश राना र भेन्काटेस एयरले समान ४३ रन जोडे ।

मुम्बईका जस्प्रित बुम्राहले ५ तथा कुमार कार्तिकेयाले २ विकेट लिए । जितसँगै कोलकाताले १२ खेल १० अङ्क जोडेको छ । कोलकाता अङ्क तालिकाको सातौँ स्थानमा छ । मुम्बई ११ खेलमा ४ अङ्कसहित पुछारमा छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९ मंगलबार ००:००  ८ : ०९ बजे