१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मुम्बईले चेन्नईलाई हरायो, आज बेङ्ग्लोर र पञ्जाब खेल्दै



काठमाण्डौ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईले साविक विजेता चेन्नई सुपर किङ्ग्सलाई ५ विकेटले हराएको हो । चेन्नईले दिएको ९८ रनको लक्ष्य मुम्बईले १४ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको लागि तिलक वर्माले अविजित रहँदै ३४ रन बनाए ।

कप्तान रोहित शर्मा र ऋतिक शोकेन समान १८ रनमा आउट भए । चेन्नईका मुकेश चौधरीले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले १६ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको थियो । चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले अविजित रहँदै ३६ रन बनाए । मुम्बईका डानिल साम्सले ३ विकेट लिए । रिले मेरिदिथ र कुमार कार्तिक्यले २र२ विकेट लिए । जितसँगै १२ खेलमा ६ अङ्क जोडेको मुम्बई पुछारमा रहेको छ । चेन्नई १२ खेलमा ८ अङ्क जोडेर नवौँ स्थानमा रहेको छ । आईपीएल क्रिकेटमा आज राति पौने आठ बजे रोयल च्यालेञ्जर्स बेङ्ग्लोर र पञ्जाब किङ्ग्स खेल्दैछन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९ शुक्रबार ००:००  ६ : ०९ बजे