१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बुटवलको मतदान स्थलमा पत्रकारलाई निषेध



बुटवल।

बुटवल उपमहानगरपालिका मतगणना स्थलमा पत्रकारलाई फोटो, भिडियो खिच्न रोक लगाईएको छ ।

निर्वाचन अधिकृत लेखनाथ पौड्यालले माथिको आदेश भन्दै पटकपटक आग्रह गर्दा पनि पत्रकारलाई प्रवेश रोक लगाएका हुन। नेपाल टेलिभिजनलाई मात्र खिच्ने स्वीकृति रहेको गेटमा खटिएका प्रहरी जवानले बताए। हिमालय टिभि प्रदेश उपप्रमुख ललित पाण्डेले अधिकृत पौड्याललाई फोन गरेर स्वीकृति मागेपनि विभिन्न बहानामा रोकेको गुनासो गरे।

शुक्रबार राति अबेरबाट शुरु भएको मतगणना स्थलमा पछिल्लो समय वडा नं १ को ९ सय मत गनेर सकिएको छ। गणकहरुको संख्या, दलका प्रतिनिधिहरुको कमिका कारण मतगणना ढिलाई भएको उनले बताए। यसैगरि उपमेयर पदमा धेरै मत बदर रहेको उनले बताए।

प्रकाशित मिति : ३१ बैशाख २०७९ शनिबार ००:००  ११ : ५० बजे