९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

विराटनगरको मेयरमा गठबन्धनको अग्रता, उपमेयरमा एमाले अघि



विराटनगर ।

विराटनगर महानगरपालिकामा ७ सय मत गन्दा मेयरमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नागेश कोइरालाले २६९ मत ल्याएका छन्।

गठबन्धनका उम्मेदवार कोइरालालाई एमाले सागर थापाले १८१ पछ्याइरहेका छन्। भने, स्वतन्त्र उम्मेदवार उमेश यादवले ७० मत ल्याएका छन्।

यस्तै, उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले २३६ मत ल्याएकी छन्। गठबन्धनको साझा उम्मेदवार अमरेन्द्र यादवले १५२ मत ल्याएका छन्।

प्रकाशित मिति : ३१ बैशाख २०७९ शनिबार ००:००  १ : ३५ बजे