१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

गुल्मीको मालिका ८ को अध्यक्षमा जिसीसहित गठबन्धनको प्यानलै निर्वाचित



गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका–८ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका सूर्यबहादुर जिसीसहित गठबन्धनको प्यानलै विजयी भएको छ। उनले एक सय ७९ बढी मत ल्याएर निर्वाचित भएका हुन्।

जिसीले एक हजार १२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका रोशनकुमार पौडेलले ८३३ मत ल्याएका छन्। यसअघि ०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेले वडाध्यक्ष जितेको थियो।

यस्तै, खुला सदस्यमा लेखनाथ अर्याल, सागर गिरी, दलित महिला सदस्यमा गोमा सुनार र महिला सदस्यमा लक्ष्मी केसी निर्वाचित भएका छन्।

प्रकाशित मिति : १ जेष्ठ २०७९ आइतबार ००:००  १० : ०७ बजे