२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

बम बिस्फोट गराएको आरोपमा ३ जना पक्राउ



बुटवल ।

बुटवलमा प्रेसर कुकर बम विस्फोट गराएको आरोपमा प्रहरीले नेकपा माओवादीका महासचिव सहित ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नेकपा माओवादीका केन्द्रिय महासचिव सुरेश खनाल, केन्द्रिय सदस्य फणिन्द्र गर्तौला, गोर्खा जिल्ला इन्चार्ज शुक्र कुमार श्रेष्ठ रहेका छन् रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए।

बैशाख २८ गते साँझ ८ बजे बुटवल(९ मिलनचोकमा रहेको आकाशे पुल तल प्रेसर बम बिस्फोट गराएको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले पत्रकार सम्मलेन गरी जनकारी गराएको हो । उनीहरुलाई जेठ १ गते बुटवलको नयागाउँबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक ठग बहादुर केसिले बताए । उनीहरुको साथबाट प्रहरीले मोटरसाइकल ३ वटा, कुकर २ थान, मोबाइल ३ थान, बम बनाउन प्रयोग गरिने केही सामाग्री समेत बरामद गरेको छ ।

साथै नेपाल बन्द सफल पारौ, चुनावलाई बहिस्कार गरौं जस्ता लेखिएको पम्लेट समेत फेला परेको प्रहरीले जनाएको छ । उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिछेद ७ बिस्पोटक पदार्थ सम्बन्धि कसुरमा मुद्दा दायर गरि थप अनुसन्धान अघि बढेको प्रहरी प्रमुख केसीले बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९ बुधबार ००:००  ३ : १७ बजे