२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

चुनावमा निराशाजनक परिणाम आएको भन्दै मिश्रद्वारा अध्यक्ष पदबाट राजीनामा



काठमाण्डौ ।

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले राजीनामा दिनुभएको छ । पालिका चुनाव २०७९ मा सोचेअनुसार परिणाम ल्याउन नसकेको भन्दै आफूले राजीनामा दिएको उहाँले बताउनुभएको छ ।

मिश्रले आफ्नो फेसबुक पेजमा स्टाटस शेयर गर्दै यसबारे जानकारी गराउनुभएको हो ।

ुहाम्रा उम्मेदवारहरू इमानदार र सक्षम हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छुु उहाँले लेख्नुभएको छ, ुनिर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।ु

उहाँले आफू पार्टीको साधारण सदस्य भने रहिरहने बताउनुभएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९ बुधबार ००:००  १२ : ४० बजे