७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पाल्पामा मूल्यवृद्धिविरुद्ध आन्दोलन, ६ जना प्रहरी नियन्त्रणमा



पाल्पा ।

पेट्रोलियम पदार्थलगायत खाद्यान्नको चर्को मूल्यवृद्धिको विरोधमा उत्रिएका नेकपा एमाले निकट भ्रातृ संगठनका युवाहरुलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
मूल्यवृद्धिविरुद्धको आन्दोलन गरिरहेका युवा संघ नेपालका केन्द्रीय सदस्य तथा एमाले कार्यालय सचिव दीपक विश्वकर्मा, युवा संघका जिल्ला कोषाध्यक्ष सुधीर भट्टराई, युवा संघका तानसेन अध्यक्ष राजेश भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

साथै अनेरास्ववियूका जिल्ला अध्यक्ष हिराकुल कुँवर, जिल्ला सदस्य कृष्ण बस्याल, नगर सदस्य शिशिर बस्याललगायतलाई पाल्पा प्रहरीले तानसेन आन्दोलन चोकबाट नियन्त्रणमा लिएको हो । एमाले नगर अध्यक्ष गुराँस आत्रेयले पक्राउ परेकालाई बिनासर्त रिहाइ गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९ बिहिबार ००:००  २ : २८ बजे