७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

बेपत्ता तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्कियो



काठमाडौं ।

पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएको छ।

१३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना सवार विमान लेतेमा ठोक्किएको हो।

आइतबार बिहान ९ः५५ बजे उडेको जहाज सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्किएको जानकारी आएको पोखरा विमानस्थल स्रोतले जनाएको छ।

आहिलेसम्म सम्पर्कविहीन जहाजको खोजीकार्य सुरु गरिएको तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए। विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को(पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा थिए। घटनाको विस्तृत जानकारीका लागि सुरक्षाकर्मी र स्थानीय सक्रियतापूर्वक लागिपरेको बताइएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९ आइतबार ००:००  ११ : ५५ बजे