३१ बैशाख २०८१, सोमबार | Tue May 14 2024

विपद् जोखिम न्यूनीकरण गर्न यो वर्षदेखि के गर्दै छ सरकार ?



काठमाडौं ।

विपद् जोखिम न्यूनीकरण गर्न बहुप्रकोपीय पूर्वचेतावनी राष्ट्रिय प्रणाली र बहुप्रकोपीय जोखिम आंकलन प्रणाली स्थापना गरिने भएको छ । आइतबार अर्थ मन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत् आर्थिक वर्ष २०७९-०८० को बजेट वक्तव्यमा जलवायु परिवर्तनको प्रतिकूल असरलाई न्यूनीकरण गर्न अनुकूलनका कार्यक्रमहरु संचालन गर्ने उल्लेख छ ।

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन पूर्वमा सप्तरी र पश्चिममा कैलालीमा सशस्त्र प्रहरी बलमार्फत विपद् उद्धार तालिम शिक्षालय स्थापना हुने मन्त्री शर्माले उल्लेख गरेका छन् ।
पूर्वाधार निर्माणका ठूला आयोजनाहरुमा विपद् जोखिम कम गर्न जलवायु परिवर्तन अनुकूलनका उपायहरु अवलम्वन गर्नुपर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्रकोपको पूर्वचेतावनी तथा जोखिम आंकलनको उपयुक्त र प्रभावकारी प्रणाली नहुँदा बर्सेनि ठूलो परिमाणमा नेपालमा जनधनको क्षति हुने गरेको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका यी कार्यहरुका लागि सरकारले प्राधिकरणलाई एक अर्ब ६१ करोड विनियोजन गरेको छ ।
२०७२ वैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका बाँकी रहेका काम सम्पन्न गर्न ९ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९ बुधबार ००:००  ९ : ०७ बजे