१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

महाराजगन्जको नगर कार्यपालिकामा कांग्रेसका उम्मेद्वार निर्विरोध चयन



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको नगरकार्यपालिका सदस्यमा नेपाली कांग्रेसका उम्मेद्वार निर्विरोध चयन भएका छन् ।

नेपाली कांग्रेसको स्पष्ट बहुमत रहेको महाराजगञ्जमा कुनै दलले उम्मेद्वारी नदिए पछि कांग्रेसका उम्मेद्वार निर्विरोध चयन भएका हुन् ।

कांग्रेसबाट निर्विरोध निर्वाचित हुनेहरुमा उषा रैदास, चाद्तारा लोहार, शान्ती पासी, इन्द्रावती पासी, कलिमुन निसा, सुद्धी गडेरिया, बेचु लोहार र भुसाल कलवार छन् ।

गएको बैशाख ३० को स्थानीय तहको चुनावमा १२ वडा रहेको महराजगञ्जमा मेयर, उपमेयरसहित बहुमत वडा कांग्रेसले जितेको थियो । ८ वडा कांग्रेसले जितेको छ भने एमालेले एउटा मात्र वडा जितेको छ ।

जनता प्रगतिशिल पार्टीले १ वडा जित्न सफल भएको महाराजगञ्जमा लोसपा र जसपा एक एक वडामा विजयी भएका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९ बुधबार ००:००  ७ : ११ बजे