१० जेष्ठ २०८१, बिहिबार | Thu May 23 2024

वाणगंगा बालश्रम मुक्तनगर घोषणाको तयारीमा



कपिलवस्तु ।

वाणगंगा नगरपालिकालाई बालश्रम मुक्तनगर घोषणाका लागि आवश्यक तयारीको काम शुरु गरिएकोे छ । वाणगंगा नगरपालिका अन्तरगत गठित बालश्रम मुक्त स्थानीय समन्वय समितिको वैठकले नगरलाई बालश्रम मुक्तबनाउने तयारीका काम अघि बढाएको छ ।

संघीय सरकारको परिपत्र अनुसार नगरपालिका लाई बालश्रम मुक्तनगर घोषणा गर्न पुरा गर्नुपर्ने ७ वटा सूचककाबारेमा छलफल गरी घोषणाको तयारी गरिने वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो । उहाँले वाणगंगा नगरपालिका बालमैत्री नगर घोषणा भईसकेकोले बालश्रम मुक्त नगरकालागि पुरा गर्नुपर्ने सूचकहरु, विषयगत शाखा, विभिन्न निकायको सहयोग र सहकार्यमा पुरा गरिने बताउनुभयो ।

वैठकमा वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले विगतमा बालमैत्री नगरपालिका घोषणा भइसकेकाले यसको निरन्तरता र दिगोपनामा समेत नगरपालिकाले काम गरिरहेकाले बालश्रम मुक्तनगर घोषणाका लागि आवश्यक सूचक पुरागरी चाडै नै घोषणा गर्न सकिने बताउनुभयो ।

समितिको अध्यक्ष समेत रहनु भएकानगर प्रमुखअर्यालले नगरपालिका, मातहतकासवै निकाय, संघसंस्था, संचारकर्मीको समन्वय सहयोग र सहकार्यमा घोषणा गरिने बताउनुभयो ।

बालश्रम मुक्तनगर घोषणाका लागि उद्योग, कलकारखाना, होटल व्यवसाय, रेष्टुरेन्ट, यातायात, मनोरञ्जन क्षेत्र, सडक, लागुपदार्थ ओसारपसार तथा वेचविखनमा संलग्न, घरेलुबालश्रम राख्नपाइने छैन । नगर क्षेत्रभित्र त्यस्ता बालश्रम कतै भेटिए तत्काल नगरपालिकामा जानकारी दिन समेत नगरपालिकाले अनुरोध गरेको छ ।

उक्त कार्यलाई रोकथाम तथा सचेतना अभिवृद्धि गर्न विभिन्न निकाय, संघसंस्थासंग सहकार्य गर्दै आवश्यक सूचना संकलन, सहयोग तथा जनचेतनाका कार्यक्रम संचालनगरिने महिला तथा बालबालिका शाखा प्रमुख शुशिला पन्थले जानकारी दिनुभयो । समितिको वैठकमा इलाका प्रशासन कार्यालय, कपिलवस्तु उद्योग वाणिज्य संघ, सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तु नागरिक समाज, मानवअधिकार समिति, इलाकाप्रहरी कार्यालय, संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९ बिहिबार ००:००  ५ : ३८ बजे