२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

एमसिसी पास गरेकोमा संसद्‍मा सरकारलाई एमालेको धन्यवाद



काठमाडौं ।

नेकपा एमालेका उपमहासचिव तथा सांसद प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदन गरेकोप्रति सरकारलाई धन्यवाद दिएका छन्।

एमसिसी अनुमोदनको बेलामा मौन रहेको एमालेले सरकारले ल्याएको बजेटमाथि छलफलको क्रममा एमसिसीको पक्षमा बोलेको हो।

उनले सरकारले ल्याएको बजेटमा विदेशी लगानी बढाउन उल्लेख गरे पनि विदेशी लगानीकर्तालाई लगातार हतोत्साहित गर्ने दाबी गरे।

उनले भने, ‘हिजो गिजोल्नसम्म गिजोलियो एमसिसी, पछि के देख्नुभयो तपाईंहरूले, सत्ता जान्छ भन्ने ठान्नुभयो के ठान्नुभयो, कुरा त जहाँको त्यहीँ छ तर एमसिसी पास गर्नुभयो, धन्यवाद भन्छु मैले। तर आज त्यसैगरी बुढीगण्डकी गिजोल्दै हुनुहुन्छ। यो गिजोल्ने कुरामा किन आनन्द आउँछरु’

सरकार परिवर्तन भएपनि नीति स्थिर रहनुपर्ने होइनरु भन्दै प्रश्न गरेका छन्। राजनीतिक स्थायित्वको महत्वपूर्ण आधार भनेको नीतिको स्थिरता र निरन्तरता भएको उल्लेख गरे।

‘हिजो के देखेर चीनलाई दिने भन्यौंरु आज के देखेनौं, के पाएनौं फेरि नदिने भन्यौं। यस्तो खालको अस्थिरतारु हिजो आफू सरकारमा रहँदा एमसीसीमा हस्ताक्षर गर्‍यौं । त्यसपछि तीन वर्ष त्यसविरुद्ध आगो बाल्यौँ’ उनले भने।

पश्चिम सेतीको बिषयमा पनि प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइप्रति आपत्ति जनाए।

‘पश्चिम सेतीमा पनि त्यही देख्छु प्रधानमन्त्रीले भन्नुभयो चिनले लगानी गर्यो भने भारतले किन्दैन। दुई वटा छिमेकी देशको संवेदनशिल ठाउँमा छौँ। भारतलाई दिऊँ भन्ने एउटा कुरा होला। तर त्यहाँ अर्को देशलाई घिसार्नै पर्छरु यही हो हाम्रो सन्तुलित बाह्य सम्बन्धरु’ उनको भनाइ छ।

बजेट सरकारले चुनाव लक्षित गरेर ल्याएको दाबी गर्दै मूलभूत समस्या समाधान गर्न नसक्ने बताए।

प्रकाशित मिति : १९ जेष्ठ २०७९ बिहिबार ००:००  १ : ०३ बजे