५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

क्षयरोग मुक्त नगर घोषणाका लागि वाणगंगा ९ मा नागरिक समाज संजाल गठन



बाबुराम रायमाझी, भलवाड ।

कपिलवस्तुको वाणगंगा नगरपालिकालाई क्षयरोग मुक्त नगर घोषणा गर्नका लागि अभियान सन्चालन गर्ने बिषयलाई लिएर बाणगंगा ९ मा अवस्थित भलवाड स्वास्थ चौकीको सभा हलमा नागरिक समाज र सरोकारवाला बीच छलफल कार्यक्रम भएको छ ।

सो कार्यक्रममा वाणगंगा नगरपालिकाका स्वास्थ शाखाका प्रमुख ठगराज पौडेलले कार्यक्रमको विषयबस्तुमाथी प्रकाश पार्दै हाल नगरमा १ सय २३ जना क्षयरोगका बिरामी रहेको बताउँदै गाउँ र टोलमा लुकेर रहेकाको खोजपडताल गरि अभियानलाई सफल पार्न सबैले आ (आफ्नो ठाउँबाट सहयोग पु(याउन आग्रह गर्नु भएको थियोे ।

यसैबिच सोही छलफल कार्यक्रममा क्षयरोग खोजपडताल कार्यलाई सफल बनाउन वाणगंगा ९ मा वडा स्तरीय १५ सदस्य नागरिक समाज संजाल गठन गरिएको छ ।

गठीत संजालमा शंकर प्रसाद आचार्य ,फुलमाय गुरुङ ,बसन्त खनाल, बबिता बि क, चुरामनी अर्याल, कुमार मधु बेल्बासे इन्द्रा अधिकारी, भुवन पौडेल, चन्द्रावती थारु लगायतका सदस्यहरु रहेका छन् । कार्यक्रम भलवाड स्वास्थ चौकीका प्रमुख जित बिकास रायमाझीको सहजीकरण सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९ बिहिबार ००:००  २ : ४६ बजे