५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

संघीय सरकार मार्फत कपिलवस्तुले पायो ५ अर्व बढी बजेट, कुन पालिकाले कति पाए ?



मायादेवी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तु जिल्लाका पालिकाका लागि संघीय सरकारले ५ अर्व १८ करोड ९५ लाख रुपैयाँ बराबरको बजेट बिनियोजन गरेको छ । आगामी आर्थिक बर्ष २०७९/०८० का लागि जिल्लाका १० पालिकामा सो बजेट आएको हो ।

जसमध्ये सबैभन्दा बढी बजेट बाणगंगा नगरपालिकाले पाएको छ । बाणगंगाले संघीय सरकारद्धारा ६९ करोड ७१ लाख बजेट पाएको छ ।

यस्तै कपिलवस्तु नगरपालिकाले ५९ करोड ८१ लाख, कृष्णनगर नगरपालिकाले ४८ करोड ८५ लाख, बुद्धभूमि नगरपालिकाले ५८ करोड ९० लाख, महाराजगञ्ज नगरपालिकाले ५१ करोड २१ लाख बजेट पाएको छ ।

यस्तै कपिलवस्तुको शिवराज नगरपालिकाले ५६ करोड ८८ लाख, मायादेवी गाउँपालिकाले ४४ करोड १२ लाख, यशोधरा गाउँपालिकाले ४२ करोड ४८ लाख, बिजयनगर गाउँपालिकाले ४० करोड ६८ लाख बजेट पाएको छ भने सबैभन्दा कम कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले ३५ करोड ९३ लाख बजेट प्राप्त गरेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९ बिहिबार ००:००  ५ : ४० बजे