४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो



काठमाण्डौ ।

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १०÷१० रुपैयाँ घटाएको छ । आज बिहीवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको हो ।

मूल्य घटेसँगै अब पेट्रोल लिटरको एक सय ७० र डिजल÷मट्टीतेल लिटरको एक सय ५३ रुपैयाँमा झरेको छ ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । यसअघि अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएर पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न भनेको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०७९ शुक्रबार ००:००  ५ : २९ बजे