२४ कार्तिक २०८१, शनिबार | Sat Nov 9 2024

बुटवलमा जियो सिभिल ल्याब एण्ड कन्सल्टको सेवा शुभारम्भ



रुपन्देही ।
जियो सिभिल ल्याब एण्ड कन्सल्ट प्रालि बुटवल ८ सुक्खानगरमा सुरु भएको छ। लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले प्रालिको उद्घाटन गर्नुभयो ।

उद्धाटन पश्चात् बोल्दै मन्त्री यादवले यस जियो सिभिल ल्याब एण्ड कन्सल्ट प्रालिले प्रदेश सरकारलाई ठूलो सहयोग पुर्‍याउँदा प्रदेश सरकार पूर्वाधार मन्त्रालयको तर्फबाट धेरै भन्दा धेरै शुभकामना दिदै यस जियो सिभिल ल्याब एण्ड कन्सल्ट प्रालि पूर्वाधार मन्त्रालयले गर्नुपर्ने पूर्ण सहयोग गर्ने प्रतिबद्धता गर्दै यादवले अबको दिनहरूमा कुनै पनि पूर्वाधार निर्माण कार्यहरु गुणस्तरीय हुने यस पुर्वाधार निर्माणकार्यमा सबै ईन्जिनियरहरु एक जुटभएर लाग्नुपर्ने र गुणस्तरीय कार्य गर्न आग्रहसमेत गर्नुभयो।

बुटवल उपमहानगर मेयर खेलराज पाण्डेले यस जियो सिभिल ल्याब एण्ड कन्सल्ट प्रालिले यश बुटवल उपनगर पालिकामात्रै नभइ लुम्बिनी प्रदेशको हितको कार्य गरेको बताउँदै। यस संस्थाले राज्यको पूर्वाधार कार्यमा इमानदारीपूर्वक कार्य गर्ने छ भन्ने आशा ब्यक्त गर्दै अबका दिनहरूमा पालिकाका कुनै कुलाखोलेसा देखि पूल तथा घर निर्माणकार्यको यस संस्थालाई जिम्मेवारी थपिएको बताउँदै संस्थालाई यस उपनगरपालिकाले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने समेत प्रतिबद्धता गर्नुभयो।

जियो सिभिल ल्याब एण्ड कन्सल्ट प्रालिका ब्यवस्थापन समिती सदस्य केशब क्षेत्रीले स्वागत तथा सस्थाको बारेमा प्रकाश पार्दै प्रालिले ल्याबमा गरिने विभिन्न निर्माण सामग्रीहरु गिट्टी, बालुवा, सिमेन्ट, छड, अलकत्र, माटोको गुणस्तर परिक्षण गरिने, विभिन्न सिपमुलक ल्याब टेक्निसियन, प्लम्बिङ, वाइरिङ्ग, डकर्मीको तालिम प्रदान गरिने छ।

यस्तै दक्ष जनशक्ति परिपुर्ति र सिभिल इन्जिनियरिङ सम्बन्धि काम हुने बताउनुभयो।

उक्त कार्यक्रममा नेपालको पूर्वाधार बिकासमा गुणस्तर नियन्त्रणको महत्त्व “दृष्टिकोण,सम्भावना र चुनौतीहरु विषयक गोष्ठी गरिएको छ। गोष्ठीमा मुख्य प्रस्तुतकर्ताको रुपमा इन्जिनियर रामबाबु पौडेलले रहनु भएको थियो भने टिप्पणीकर्ताको रुपमा प्रदेश पुर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेल, यातायात पुर्वाधार निर्देशनालय भुमार्जुन पाण्डे, बाड्गंगा सिचाइ ब्यवस्थापन सिडिइ कोपिला श्रेष्ठ, लगायत विभिन्न राजनीति दलका प्रतिनिधि लुम्बिनी प्रदेशका विभिन्न नगर पालिका गाउँ पालिकाका इन्जिनियर बुद्धिजीवी हरुको उपस्थिति रहनुभएको थियोे ।

संचालक समिती अध्यक्ष गणेश सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संचारकर्मी अर्जुन खत्रीको संचालन थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९ आइतबार ००:००  ८ : ४९ बजे