१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मोटोपन घटाउन यी ३ चीजमा मिलाएर खानुस् अण्डा



एजेन्सी ।
अण्डालाई विभिन्न चीजमा मिसाएर खाने हो भने मोटोपन घटाउन सहज हुने विभिन्न अध्ययनहरूले देखाएको छ ।

अण्डामा मिनरल्स, भिटामिन्स, प्रोटिन जस्ता शरीरलाई आवश्यक तत्वहरू प्रचुर मात्रामा हुन्छ । जसले शरीरलाई स्वस्थ, स्फूर्थ राख्नुका साथै मोटोपन घटाउनका लागि समेत अचुक औषधि बन्छ ।

यी ३ चीजमा मिलाएर खानुस् अण्डा

१. अण्डा र पालक

अण्डासँग पालकको सेवन गर्नु मोटोपन घटाउनेको उच्चतम सुत्र हो । एक कप पालका करिब ७ क्यालोरिज् र धेरै न्यूट्रिएन्ट्स पाइन्छ । यसमा आइरन समेत प्रचुर मात्रामा पाइन्ट जसले हाम्रो मेटाबोलिजमलाई बूस्ट गर्छ । यसले लामो समयसम्म भोक पनि लाग्दैन ।

२. अण्डा र नरिवलको तेल

बजारमा पाइने विभिन्न प्रकारका तेलमा अमलेट बनाएर खाँदा हाम्रो शरीरमा धेरै क्यालोरी हुन्छ । जबकी नरिवलको तेलले मेटाबोलिजमे करिब ५ प्रतिशत बढाएर वजन घटाउनमा मद्धत गर्छ । ३० जना मानिसमा गरिएको अनुसन्धानले एक महिनामा हरेक दिन साँझ २ चम्चा नरिवलको तेल सेवन गर्दा कम्मरको साइज १।१ इन्च कम भएको निष्कर्ष निकालेको थियो । त्यसकारण वजन घटाउनका निम्ति नरिवलको तेलमा अमलेट बनाएर खानु राम्रो हुने चिकित्सकहरू बताउँछन् ।

३. अण्डा र ओटमिल

ओटमिलको साथमा अण्डा मिलाएर खाने हो भने पेटको बोसो घट्ने चिकित्सकहरू बताउँछन् ।

प्रकाशित मिति : ६ असार २०७९ सोमबार ००:००  ७ : ५८ बजे