७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अर्घाखाँचीको शितगंगामा जिप दुर्घटनाः ६ जना घाईते



बिष्णु कुमार आले, अर्घाखाँची ।

जिल्लाको शितगंगा १४ करेचुलीमा अहिले केही समय अगाडि भएको जिप दुर्घटनामा परि एकै घरका २ जना सहित ६ जना घाईते भएका छन् ।

सिमलपानीको करेचुलीबाट सालझन्डी तर्फ जाँदै गरेको लु १ ज १९४८ नम्बरको जिप करेचुलीमा दुर्घटना हुँदा अर्घाखाँची शितगंगा १४ करेचुलीका ४० बर्षिय मनकला दर्लामी, पाल्पा रैनादेवी छहरा ८ का जीप चालक २३ बर्षिय ज्ञान बहादुर रेश्मी , शितगंगा १४ का सहचालक २२ बर्षिय खुमन सुर्यवंशी, सोही ठाउँका नन्द बहादुर घर्ती, शितगंगा १३ मुसियानका ६० बर्षिय टेक बहादुर रजाली र उनको श्रीमती ४९ बर्षिय दिलकला रजाली घाईते हुनुभएको छ ।

ओरालो सडकमा एक्कासी ब्रेक फेल भई अनियन्त्रित हुदा मोडबाट करिव १६ मिटर तल खसी जिप दुर्घटनामा परेको हो । घाईते मध्ये मनकला दर्लामीलाई थप उपचारका लागि लुम्बिनी अन्चल अस्पताल बुटवलमा लगिएको छ भने अन्य ५ जनाको सामुदायिक अस्पताल कपिलवस्तुमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : ७ असार २०७९ मंगलबार ००:००  १ : ४५ बजे