१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

रोल्पाका पुरुषको शव प्युठानको खोलामा फेला



प्युठान ।
प्युठान जिल्लाको माडी खोलमा रोल्पाका एक पुरुषको शव फेला परेको छ ।

जिल्लाको स्वर्गद्धारी नगरपालिका–९ स्थित माडी खोलामा रोल्पाको परिवर्तन गाउँपालिका–३ का अन्दाजी ५० बर्षीय भरत वादीको शव मंगलबार अपरान्ह फेला परेको हो ।

खोलाले बगाउँदै ल्याएको उनको शव प्रहरीले निकालेर अहिले विजुवार जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्युठानका प्रहरी निरीक्षक लालबहादुर बिकले जानकारी दिए ।

प्रकाशित मिति : ८ असार २०७९ बुधबार ००:००  १० : ४४ बजे