१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

दाङमा ७५ वर्षीय वृद्धामाथि कुटपिट गरेको आरोपमा जनप्रतिनिधि पक्राउ



दाङ ।

दाङमा एक जनप्रतिनिधिले ७५ वर्षीय वृद्धामाथि कुटपिट गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ । घोराही उपमहानगरपालिका–१८ की वडा सदस्य दीपा नेपालीले स्थानीय ७५ वर्षीय वृद्धा रुकुमादेवी नेपालीलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी परेको हो ।

कुटपिटबाट रुकुमादेवीको बायाँ हात नचल्ने अवस्थामा रहेको र लगाएको कपडा पनि च्यातिएको जनाइएको छ । एमालेबाट दलित महिला सदस्यमा निर्वाचित दीपाले आफूलाई मत नदिएको भन्दै रुकुमादेवीमाथि कुटपिट गरेको आरोप पीडित पक्षको छ ।

प्रकाशित मिति : ९ असार २०७९ बिहिबार ००:००  ५ : ३५ बजे