१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

आज सभामा बजेट पेश गर्दै कपिलवस्तुका स्थानीय तह



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा अधिकांश स्थानीय तहले शुक्रबार आफ्नो सभामा बजेट पेश गर्दै छन् । स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्ष (आव) को बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार स्थानीय तहले शुक्रबार २०७९/०८० को बजेट ल्याउँन लागेका हुन् ।

जिल्लाको बुद्धभूमि नगरपालिकाले विहीबार नै बजेट सार्वजनिक गरिसकेको छ । बुद्धभूमिले आगामी आव २०७९/०८० को लागि रु. १ अर्व १९ करोड ९५ लाख बराबरको बजेट ल्याएको हो ।

यता जिल्लाको शिवराज नगरपालिकाको ११ औं नगरसभा शुक्रबार बस्दै छ । शिवराजका प्रमुख प्रशासकीय अधिकृत गशेणप्रसाद अर्यालका अनुसार आज नै नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

बाणगंगा नगरपालिकाले पनि आज नै आफ्नो नगरसभामा बजेट प्रस्तुत गर्दै छ । बुधबार नीति तथा कार्यक्रम सर्वसम्मतले पास गरिसकेको बाणगंगाले शुक्रबार बजेट प्रस्तुत गर्न थालेको हो ।

बाणगंगाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीका अनुसार दिउँसो २ बजे नगरसभा आह्वान गरिएको छ ।

यता कपिलवस्तु नगरपालिकाले पनि आज नीति तथा कार्यक्रमसहितको बजेट ल्याउँदै छ । नगर प्रमुख सुदीप पौडेलले नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गर्ने तयारी भएको जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलका अनुसार दिउँसो नगर सभाको बैठक आह्वान गरिएको छ ।

प्रकाशित मिति : १० असार २०७९ शुक्रबार ००:००  ८ : १९ बजे