१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

आँप खाँनुका यस्ता छन् फाइदाहरु



काठमाडौं ।
धेरैलाई मनपर्ने फल हुने आँप । अहिले यसको सिजन भएकोले गाउँ वा बजारमा सजिलै पाइन्छ । आँपलाई फलको राजा भनेर पनि चिनिन्छ । खासगरी आँप नेपालमा पूर्वदेखि पश्चिम तथा दक्षिणको तराई देखि पहाड हुन्छ। आँपको फल विश्वप्रसिद्ध, स्वादिष्ट र अत्यन्तै पौष्टिक फल हो त्यसैले यसलाई फलहरूको राजा भन्ने गरिएको हो ।

यसको स्वाद काचोमा अमिलो र पाकेपछि गुलियो हुन्छ। पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, फलाम, भिटामिन ए, सी र बी लगायतका तत्वहरु पाइन्छ।

आँप हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ । खाँदा मिठो हुने मात्र होइन यसमा औषधीय गुण पनि हुन्छ । आँपका बोक्रा, जरा, पात, फल र फूल पनि उपयोगी छन् । यसमा ‘भिटामिन ए’ पाइन्छ । जसले आँखा तेजिलो बनाउन सहयोग गर्छ । यसको सेवनले मुटुलाई बलियो बनाउन सहयोग गर्छ । आँपको सेवनले पेट सम्बन्धी हरेक समस्याहरू समाधान गर्छ ।

यसमा पेट सफा गर्ने गुण हुन्छ । यसको सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसबाट टाढा राख्छ । यसमा प्रशस्त आइरन पाइने हुँनाले शरीरमा रगत बढाउन सहयोग गर्छ । यसले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । आँपको सेवनले स्मरण शक्ति पनि बढ्छ ।

प्रकाशित मिति : १० असार २०७९ शुक्रबार ००:००  ११ : २० बजे