१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

हिजोको अरब नगरपालिका बाणगंगा, ‘डेढ अरब’ नगरमा परिणत



मायादेवी अनलाइन, चारनम्बर ।
अरब नगरपालिकाको परिचय बोकेको कपिलवस्तुको बाणगंगा नगरपालिकाले ठुलो आकारको बजेट सार्वजनिक गरेको छ । पहिलो कार्यकालमा हरेक बर्ष १ अरब २० करोडभित्रै बजेट प्रस्तुत गरेको बाणगंगाले आगामी आर्थिक बर्ष ०७९ । ०८० को लागि शुक्रबार करिब डेढ अरब बराबरको बजेट प्रस्तुत गरेको छ ।

एघारौँ नगरसभामा नगर उपप्रमुख रिता थारुले करिब डेढ अरब अर्थात् १ अरब ४९ करोड १७ लाख ८९ हजार बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु भयो ।

आर्थिक, सामाजिक, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, शुसासन तथा संस्थागत विकासलाई प्राथमिकतामा राखेर ल्याइएको बजेट अघिल्लो आर्थिक बर्षको तुलनामा २२ करोड बढी हो ।

बजेट सार्जजनिक कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, बिभिन्न संघ संस्थाका प्रमुख तथा पत्रकारको सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो ।

अरब नगरपालिका भए पनि बाणगंगाका जनताले पहिलो कार्यकालमा विकास र परिवर्तनको अनुभूति त्यति गर्न पाएनन् । यो बजेटको सही तरिकाले सदुपयोग गर्न नगरबासीले आग्रह गरेका छन् । नगरले पनि यस कार्यकालमा केही नयाँ गर्ने जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७९ शुक्रबार ००:००  ३ : ५६ बजे