१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

बाणगंगा नगरपालिकाले बढायो आन्तरिक स्रोत, जेष्ठ मसान्तसम्म लक्ष्यको १ सय १७ प्रतिशत बृद्धि



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले आन्तरिक आयमा बृद्धि गरेको छ । चालु आव ०७८/०७९ मा बाणगंगाले आन्तरिक राजश्व ४ करोड ३७ लाख बराबर उठाउने लक्ष्य राखेको थियो ।

तर, जेष्ठ मसान्तसम्म बाणगंगामा लक्ष्यको १ सय १७ प्रतिशतले राजश्वमा बृद्धि भएको छ ।

हालसम्म बाणगंगामा ५ करोड १३ लाख आन्तरिक राजश्व उठेको छ । असान्त मसान्तसम्म यो बढेर जाने नगरको अपेक्षा छ ।

आव ०७९/०८० को बार्षिक बजेट प्रस्तुत गर्दै नगरपालिकाकी उपप्रमुख रीता कुमारी थारुले उक्त जानकारी दिएकी हुन् ।

बाणगंगाले चालु आवमा ९० प्रतिशत बजेट खर्च हुने अपेक्षा राखेको छ ।

चालु आवमा बाणगंगाले १ करोड २८ करोड ३२ लाख बराबरको बजेट ल्याएको थियो ।

नगर उपप्रमुख थारुले ११ औं नगरसभामा आगामी आर्थिक बर्षका लागि १ अरब ४९ करोड १७ लाख ८९ हजार बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् ।

प्रकाशित मिति : १० असार २०७९ शुक्रबार ००:००  ५ : ४३ बजे