१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

देशभर सामान्य देखि मेघ गर्जनसहितको वर्षा



काठमाडौँ ।
शनिबार देशभर सामान्य देखि पूर्ण बदली रहने मौसम पूवानुमान महाशाखाले जनाएको छ। हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको छ भने सूदुरपश्चिम भू९भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

शनिबार लुम्बिनी र गण्डकी प्रदेश का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ को एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यस्तै देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका केहि स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेश एक९दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित मिति : ११ असार २०७९ शनिबार ००:००  ७ : ५६ बजे