२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

अचम्मको जुक्ति लगाई मोटरसाइकल चोरी, सालझण्डी प्रहरीले समात्यो चोर !



मायादेवी अनलाइन, बाणगंगा ।
रुपन्देहीको इलाका प्रहरी कार्यालय सालझण्डीले टेष्टराईडको बाहनामा मोटरसाइकल चोरी गर्ने फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

अनेकन बाहना बनाएर मोटरसाइकल चोरी गर्ने रुपन्देही सैनामैना नगरपालिका वडा नं ८ बस्ने १८ बर्षीय एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त मोटरसाइकल चोरी गर्ने व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन् ।

रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ७ ठेगाना भई दाङ बस्ने दिल बहादुर बि.क.को मोटरसाइकल ती व्यक्तिले चारेका थिए ।

उनले मोटरसाइकल नियन्त्रणमा लिन अनेकन जुक्ति लगाएको पाइएको छ ।

प्रहरीका अनुसार काठमाडौं जादै गरेका विक सैनामैना नगरपालिका वडा नं. ८ रामापुरमा चिया खाइरहेका थिए ।

त्यस वखत एक जना व्यक्ति आएर विकको मोटरसाइकल निकै मन परेको बताउँछन् । मन परेको मोटरसाइकल चलाएर हेर्छु भनेपछि विकले ती व्यक्तिलाई चापि दिन्छन् । त्यसैको मौका छोपी ती व्यक्तिले टेष्टराईड मोटरसाइकल चारेका हुन्छन् ।

विभिन्न प्रयासका बीच मोटरसाइकल चोरी गर्ने ती व्यक्तिलाई सालझण्डी प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

यसरी हुन्छ मोटरसाइकल चोरी !

बिदेश जानुपर्ने भएको र पैसा कम भएको कारणले असार १० गते जिल्ला रोल्पा त्रिवेणी गापा ०७ ठेगाना भई दाङ बस्ने दिल बहादुर बि.क ले आफ्नो फेसबुकमा मोटरसाईकल बिक्रिमा रहेको भनि बा ५१ प ७४४३ नं को VR मोटरसाईकलको फोटो रु.१ लाख मूल्यसहित राख्छन् । त्यसको केहि दिनमा उनि पासपोर्ट सम्बन्धी कामको लागि काठमाडौँ जाने तरखरमा हुन्छन्।

असार १३ गते बा ५१ प ७४४३ नंम्बरको मोटरसाईकलको धनि दिल बहादुर बि.क. काठमाडौँ जानको लागि दाङबाट बिहान हिडेकोमा बिहान १०ः३० बजेको समयमा जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं ८ रामापुर स्थित महेन्द्र राजमार्ग सडक छेउमा मोटरसाईकल रोकि पसलमा चिया पिईरहेका हुन्छन्। यत्तिकैमा उनको भेट एक अपरिचित र स्थानीयजस्तो देखिने युवकसँग हुन्छ।

भर्खर भटिएका उनै दिलबहादुरको छेउमा आई अहो कस्तो राम्रो मोटरसाईकल तपाँईको मलाई त खुब मन पर्यो भनि छेउमै राखेको मोटरसाईकल मुसार्न थाल्छन्। त्यसपछि उनै अपरिचित युवकले आफूलाई मोटरसाईकल एकदम मन परेको र किन्ने भनेपछि दिलबहादुरले पहिले १ लाख भनि फेसबुकमा बेच्न राखेको मोटरसाईकलको मूल्य ९० हजार बताउँछन्। त्यसपछि उनै युवाले खै किन्नुभन्दा पहिले एकपटक कन्डिसन पनि त चेक गर्नुपर्यो नत्र त त्यत्रो ९० हजार हालेर बित्तैमा फसिएला नि भनेर मोटरसाईकलको चाबि माग्छन् र स्टार्ट गरि टेस्ट राईडको लागि निस्कन्छन् ।

टेस्ट राईडमा निस्किएका व्यक्ति १०/१२ मिनेटसम्म पनि नफर्केपछि आफ्नो मोटरसाईकल किन्ने बाहनामा चोरी भएको आशंकामा उनले तत्कालै ई.प्र.का सालझण्डीमा खबर गर्छन्। खबर गरेलगत्तै प्रहरी खोजतलासमा निस्कन्छ तर ती चोरी गरि लैजाने युवकको जानकारी नहुनाले तत्कालै पक्राउ पर्दैनन् तर पनि खोजतलास चलिरहन्छ।

आवश्यक अनुसन्धान गर्ने क्रममा उक्त चोरी भएको बा ५१ प ७४४३ नं को VR मोटरसाईकल जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं ८ बस्ने बर्ष १८ को एस.पि (परिवर्तित नाम) नाम गरेको मानिसले चोरी गरि गएको खुल्न आउँछ ।

तत्पश्चात ई.प्र.का सालझण्डीबाट प्र.नि जगन्नाथ मरासिनीको कमाण्डमा रहेको प्रहरी टोलिले खोजतलास गर्दै जाने क्रममा मिति २०७९।०३।१५ गते जिल्ला रुपन्देही कञ्चन गाँउपालिका वडा नं १ रातडाँडा स्थितको भित्री सडकमा उक्त बा ५१ प ७४४३ नम्वरको VR मोटर साईकल चलाई हिँडेको अवस्थामा बरामद गरी उक्त मोटरसाईकल चोरी गर्ने प्रतिवादी समेतलाई फेला पारी तत्काल पक्राउ लिई चोरी सम्बन्धी कसुरमा रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको छ ।

प्रकाशित मिति : १६ असार २०७९ बिहिबार ००:००  ८ : ४३ बजे