२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

२२ घण्टा अवरुद्ध पूर्व–पश्चिम राजमार्गको नवलपुर सडकखण्ड खुल्यो



नवलपरासी ।
अवरुद्ध पूर्व–पश्चिम राजमार्गको नवलपुर सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । सडकको डाइभर्सन बाढीले बगाउँदा बुधबार बिहानदेखी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार आज बिहान ५ बजेदेखि सडक पूर्णरुपमा सञ्चालनमा आएको छ । ‘रातभरि डाइभर्सन निर्माणको काम गर्‍यौँ’, उनले भने, ‘बिहान ३ बजेदेखि एकतर्फी र अहिले दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।’

मंगलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण नवलपुर खण्डको विनयी त्रिवेणी गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको विभिन्न स्थानमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको थियो । डाइभर्सन निर्माण भएपछि सडकमा रोकिएका सवारी साधन गन्तव्यतर्फ जान सुरु गरेका छन् ।

प्रकाशित मिति : १६ असार २०७९ बिहिबार ००:००  ८ : ४१ बजे